• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

बीपी प्रतिष्ठानका चिकित्सकको उदाहरणीय कामः पीसीआर रिपोर्ट पर्खनेभन्दा सुरक्षा उपाय अपनाएर बिरामीको ज्यान जोगाए

  • संबाददाता

बीपी प्रतिष्ठानका चिकित्सकको उदाहरणीय कामः पीसीआर रिपोर्ट पर्खनेभन्दा सुरक्षा उपाय अपनाएर बिरामीको ज्यान जोगाए

भाद्र १५, २०७७

चितवन । सात घण्टादेखि मूत्रथैलीमा पिसाब भरिएका कारण दुखाइले छट्पटाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका मोरङका ७८ वर्षीय पुरुषको तत्काल शल्याक्रिया गर्नुपर्ने अवस्था थियो ।

गत भाद्र ९ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएपछि यूरोलोजी विभागका चिकित्सक पनि अलमलमा परे । पीसीआर परीक्षणको रिपोर्ट पर्खने कि बिरामीको शल्याक्रिया गर्ने रु

‘पीसीआर परीक्षणको रिपोर्ट पर्खंदासम्म बिरामीको ज्यान जान सक्थ्यो’, बीपीको यूरोलोजी विभागका प्रमुख डा। सुधीर सिंहले भन्नुभयो, ‘बिरामीको ज्यान बचाउन पहिले शल्याक्रिया गर्यौँ ।’ डाक्टर सिंहको नेतृत्वमा डा।आवाज काफ्ले र नर्सहरू शारदा शिवा र कविता सुब्बाको टोलीले आकस्मिक शल्याक्रिया गर्नका लागि आफैँ स्वास्थ्य सुरक्षाको सामग्री प्रयोग गरेर अपरेसन थिएटरमा छुट्टै शय्याको व्यवस्था गरिएको थियो ।

‘यस्तो समयमा चिकित्सकले आफ्नो धर्म निर्वाह गर्नुपर्ने हुँदोरहेछ’, डाक्टर सिंहले भन्नुभयो, ‘हामीले पूर्ण सतर्कताका लागि पीपीई र आवश्यक उपकरणहरू प्रयोग गर्यौँ ।’
दुई वर्षदेखि प्रोस्टेटको समस्याले थलिनुभएका उहाँको समस्या विकराल बन्दै सम्भावित क्यान्सरको जोखिमसमेत देखिएको थियो । दुई हप्ताअगाडि साउन २४ गते विराटनगरमा शल्याक्रिया गरिएपछि मुत्रथैलीमा रगत जम्ने समस्याले उहाँको स्वास्थ्यमा अझै खतरापूर्ण अवस्थामा पुगेको थियो । बीपी स्वास्थ्य प्रतिष्ठानमा भर्ना गर्न परिवारले पुर्याउँदा स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो ।

‘शल्यक्रियापछि बिरामीको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो’, डाक्टर सिंहले भन्नुभयो, ‘हामीले सिङ्गल क्याबिनमा राखेका थियौँ, त्यसपछि कोभिड आइसोलेसनमा सारेर उपचार गर्यौं ।’ बिरामीलाई बीपीको आइसोलेसनमा राखेर यूरोलोजीसहितको चिकित्सकको टोलीले आवश्यक निगरानी गरेपछि छ दिनमै घर फर्काउन सक्ने अवस्था बन्यो, प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले भन्नुभयो, अहिले होम आइसोलेसनमा बस्ने गरी पठाएका छौँ ।

कोरोना पोजिटिभ देखिए पनि लक्षण नदेखिएका कारण बिरामीको स्वास्थ्यमा बाँकी कुनै समस्या नदेखिएको हो । शल्याक्रियामा सावधानी अपनाएका कारण चारै जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्टसमेत नेगेटिभ आएको डाक्टर सिंहले जानकारी दिनुभयो ।

‘हाम्रो सन्देश यो छ कि, जटिल समस्या देखिएका बिरामीको उपचारमा चिकित्सकले समयमै ध्यान दिनुपर्दछ’, डाक्टर सिंहले भन्नुभयो, ‘चिकित्सकले अपनाउने सावधानीले कोरोनोको जोखिमलाई परास्त गर्न सकिन्छ ।’ बीपीमा शल्याक्रियाका लागि प्रयोग गरिएको अपरेसन थिएटर र शल्याक्रियापछि बिरामीको राखिएको वार्डसमेत सिल गर्नुपर्ने अवस्था नआएको डाक्टर सिंहले दाबी गर्नुभयो ।

‘बिरामी तथा आफन्तजन जो कोहीलाई कोरोना सङ्क्रमण हुन सक्ने सम्भावना रहेपनि आवश्यक सतर्कता, बिरामीको तुरुन्त आकस्मिक शल्यक्रिया गर्ने निर्णयले जीवन रक्षा गर्न सकियो । यसले मानव जीवनको रक्षा गर्न चिकित्सकको पहल सकारात्मक भयो’, डाक्टर सिंहले भन्नुभयो, ‘पहिले पीसीआर कि पहिले सावधानीसहित उपचार रु भन्ने मान्यतालाई स्थापित गर्ने आधार पनि बनेको छ ।’

प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले समाजमा कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेका कारण बिरामीको पूर्ण ठेगानासहितको विवरण नखुलाइएको बताउनुभयो । विराटनगरमा समेत शल्याक्रियापछि बिरामीको मूत्रथैलीमा जमेको रगत दुई पटकसम्म सफाइ गरिसकिएको परिवारले चिकित्सकलाई जानकारी दिएका थिए । (गोप)

  • प्रकाशित मिति : भदौ १५, २०७७, सोमवार १३:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८