भाद्र–१५,२०७७
चितवन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । दिल्लीस्थित आर्मी अस्पतालमा उपचार गराई रहेका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको भारतीय सञ्चारसंस्थाहरुले जनाएका छन् ।
कोरोना संक्रमित मुखर्जीको भेन्टिलेटरको सहायतामा आर्मी अस्पतालमा उपचार भईरहेको थियो । केहि दिन अघिदेखि उनि कोमामा थिए । फोक्सोमा संक्रमण बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति बनेका मुखर्जी भारत रत्नबाट विभुषित समेत भएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८