• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

संक्रमितको विश्व रेकर्ड, भारतमा एकैदिन ७८ हजार वढी संक्रमित थपिए

  • चितवन

संक्रमितको विश्व रेकर्ड, भारतमा एकैदिन ७८ हजार वढी संक्रमित थपिए

भाद्र –१५,२०७७

भारतमा कोराना भाइरस संक्रमणको महामारी दु्रत गतिमा बढ्दैछ । पछिल्लो तंथ्याक हेर्दा कमजोर हुने संकेत देखिदैन । आइतबार एकैदिन ७८ हजार ७६१ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् । एकै दिन यतिधेरै संक्रमित थपिएको भारतमा मात्रै नभएर विश्वमा नै पहिलो हो ।

विश्वको कुनै पनि देशमा एकै दिन यतिधेरै संक्रमित पुष्टि भएका थिएनन् । यसअघि अमेरिकामा जुलाई १९ मा ७७ हजार २९९ जनामा संक्रमित पुष्टि भएका थिए । उक्त संख्यालाई भारतले आइतबार उछिनेको छ । भारत सरकारले संक्रमण नियन्त्रणका लागि लागु गरेका प्रतिबन्धहरु विस्तारै खुकुलो बनाउने क्रममा संक्रमितको संख्याले नयाँ उचाई लिएको हो ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणबाट मृत्यु हुनेको संख्या दुई करोड ५१ लाख ३२ हजार भन्दा बढी पुगेको छ । विश्वमा कोभिड–१९ बाट ८ लाख ४५ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । भारतमा कुल संक्रमितको संख्या ३५ लाख ४२ हजार भन्दा बढी पुगेकोे छ भने ६३ हजार पाँच सयको ज्यान गईसकेको छ ।

  • प्रकाशित मिति : भदौ १५, २०७७, सोमवार ०२:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८