• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

कालीकोटमा पहिरोले पाँच घर पुरिए, १२ जना बेपत्ता


कालीकोटमा पहिरोले पाँच घर पुरिए, १२ जना बेपत्ता

भाद्र–१४,२०७७

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन् । शनिवार राति परेको पानीले वडा नं १ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरीकारका घर भत्किँदा १२ जना घरभित्रै पुरिएको स्थानीयले बताएका छन् । एक जना पाँच वर्षका निराजन शाहीको शव निकालिएको छ ।

नेकपाका नेता महेन्द्रबहादुर शाहीका अनुसार १२ जना घरभित्रै पुरिएको आशंका गरिएको छ । भाडामा बस्दै आएकाले कुन कोठामा कति जना थिए भन्ने यकिन हुन सकेको छैन । उनले दुई जनाको भने जीवितै उद्धार गरेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको बताए । सञ्चार सुविधा नभएकाले यकिन रिपोर्ट आउन सकेको छैन । नाग्ममा मोबाईल तथा टेलिफोन सेवा नभएकाले घरभित्र कति जना पुरिएका छन् भन्ने पुष्टि भएको छैन ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले प्रहरीको सेटले पनि काम नगरेकाले जिल्लाबाट प्रहरी निरीक्षक यक्षराज जोसीको नेतृत्वमा टोली घटनास्थल पठाएको बताए । उनले अर्जुन हमाल र पुन्ने शाहीको घाईते अवस्थामा उद्धार गरिएको बाँकीको खोजी भइरहेको बताएका छन् । कर्णाली राजमार्गको भित्तामाथिबाट आएको पहिरोले घर पुरेको हो । पहिरोले घर पुरिँदा कर्णाली राजमार्गसमेत अवरोध भएको छ ।

  • प्रकाशित मिति : भदौ १४, २०७७, आइतवार ०७:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८