भाद्र–१४,२०७७
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ । धरानका ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मृतक आमा छोरा हुन ।
एक साता अगाडिबाट अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा आइतबार नै रिपोर्ट पोजेटिभ देखिएको थियो । यसैगरी मृतक पुरुषको पनि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नै अस्पताल भर्ना गरिएको थियो । उनको पनि आईतवार नै पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
आस्पतालका अनुसार पुरुषमा विगत दुई महिनादेखि कलेजोमा समस्या देखिएको थियो । उनको आइतबार बिहान मृत्यु भएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८