भाद्र–१३, २०७७
भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र १२ गते गरिएको परीक्षणमा चितवनका ६१ जना सहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले जनाए अनुसार भरतपुरका ३ महिला र १९ पुरुष गरि २२ जना , राप्तीका १ महिला ,रत्ननगरका ३६ पुरुष र २ महिला रहेका छन ।
त्यसै गरि नवलपरासी गैंडाकोटका १ पुरुष ,तनहुँ भानुका १ पुरुष ,रुपन्देही लुम्बिनीका १ पुरुष र पाल्पा रम्भाका १ पुरुष रहेका छन ।
संक्रमित मध्ये भरतपुर महानगरपालिका वडा न. ४ का मात्रै १५ जना छन भने रत्ननगर ४ का ३७ जना रहेका छन ।
सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका १९६ नमुना परिक्षण गर्दा १३१ नमुनाको नतिजा नेगेटिभ आएको हो भने ६५ नमुनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८