• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

चितवनका १५ सहित थप २६ जनामा कोरोना संक्रमित पुष्टि

  • चितवन

चितवनका १५ सहित थप २६ जनामा कोरोना संक्रमित पुष्टि

भाद्र–१३ ,२०७७

भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ३,५,७,८,९,१०,११,१२,१३,र १४ का ८ पुरुष र ६ महिला गरि १४ जना । रत्ननगरका १ महिला ,मकवानपुरका १ पुरुष ,गोरखाका २ महिला ,नवलपुरका १ महिला,सप्तरीका १ महिला र १ पुरुष गरि २ जना र दैलेख ,गुल्मी ,बारा,सुर्खेत र मोरङका २ महिला र ३ पुरुष गरि जम्मा ५ जना सहित २६ जनामा कोरोना संक्रमण देखीएको प्रयोगशालाले जनाएको छ। संक्रमितहरु ११ देखि ७६ बर्ष सम्मका रहेका छन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको थियो ।

शुक्रवार राती ९ वजे सम्म गरिएको २७५ वटा नमूना मध्ये २४९ वटा नेगेटिभ आएको हो भने २६ वटा नमुना पोजेटिभ आएको हो । यस अघि शुक्रबारनै धुलिखेलमा गरिएको परिक्षणमा चितवनका १४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यी बाहेक हिजै चितवनका २६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ।

  • प्रकाशित मिति : भदौ १२, २०७७, शुक्रवार २३:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८