• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

देशभरमा ९२७ जना कोरोना संक्रमण थपिए, उपत्यकामा मात्रै ४१५ जना

  • चितवन

देशभरमा ९२७ जना कोरोना संक्रमण थपिए, उपत्यकामा मात्रै ४१५ जना

भाद्र–१२ ,२०७७

पछिल्लो २४ घण्टामा देशभरमा १० हजार २२९ जनाको नमुना परीक्षण गर्दा ३ सय ३४ जना महिला र ५९३ जना पुरुष गरि ९ सय २७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

विगत २४ घण्टामा काठमाण्डौमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना गरि काठमाण्डौ उपत्यकामा मात्रै ४ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । आज चितवनमा मात्रै २६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६९ जना संक्रमितहरु निको भई घर फर्केका छन् । यो सँगै निको भई घर फर्कनेको संख्या २० हजार २४२ जना पुगेको छ ।

  • प्रकाशित मिति : भदौ १२, २०७७, शुक्रवार ११:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८