• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवन मेडिकल कलेजको ल्यावमा १९ जना संक्रमित थपिए

  • चितवन

चितवन मेडिकल कलेजको ल्यावमा १९ जना संक्रमित थपिए

भाद्र–१२, २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा १९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार रातिसम्म गरिएको परीक्षणमा चितवनका ९, नवलपरासीका २, हेटौडाका १, रौतहट १, दाङ १, बारा २, सलार्हि १, धनुषा १ र पर्सा १ गरि १९ जनाको नतिजा पोजेटिभ आएको हो । जसमध्ये महिला ११ र पुरुष ८ महिला रहेका छन् ।

चितवनका ९ संक्रमित मध्ये भरतपुर–५ का ७९ वर्षीय पुरुष, भरतपुर–७ का २० र २३ वर्षीया दुई महिला, भरतपुर–१० का २६, ३१ वर्षका पुरुष र २४, २८ वर्षका दुई महिला, भरतपुर–१६ का ५० वर्षीय पुरुष र भरतपुर–२६ का २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

यस्तै अन्य संक्रमण हुनेहरुमा पूर्वी नवलपरासी गैंडाकोट–८ का २५ वर्षीया महिला, विनयी त्रिवेणी–६ का ५५ वर्षीय पुरुष गरि २ जना, बाराको जितपुर–१७ का ५३ वर्षीय पुरुष र कलैया–३ का २५ वर्षीया महिलागरि २ जना, मकवानपुरको हेटौंडा–११ का ५२ वर्षीय महिला, रौतहट जिग्दवा–२ का ४५ वर्षीया महिला, दाङ लमही–५ का २२ वर्षीया महिला, सर्लाही हरिपुर–२ का ५८ वर्षीय पुरुष, धनुषा ठाडी–४ का २३ वर्षीया महिला र पर्सा वीरगञ्ज–३ का ३० वर्षीय पुरुष रहेका छन् ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका १७० नमुना परिक्षण गर्दा १५१ नमुनाको नतिजा नेगेटिभ आएको हो भने १९ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १२, २०७७, शुक्रवार ०८:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८