• मंसिर १५, २०८०, शुक्रवार Friday, 01 December, 2023

चितवनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

  • चितवन

चितवनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

भाद्र–१२, २०७७

भरतपुर स्थित पुष्पाञ्जली अस्पताल र चितवन मेडिकल कलेजमा गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालमा भरतपुर २ का ५१ वर्षिय पुरुषको  र चितवन मेडिकलमा हेटौंडा १९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको छ । मृतक पुरुष लामो समयदेखि दमका उपचार गराई रहेको अस्पतालले जनाएको छ ।

दम र निमोनियाको समेत समस्या भएकी महिलालाई उपचारको लागी चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको पनि शुक्रवार विहानै मृत्यु भएको हो । चितवनमा हालसम्म कोरोनाबाट मृत्युहुनेको संख्या ७ पुगेको छ ।

हाल चितवन मेडिकल कलेजमा २० जना आईसियुमा र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

  • प्रकाशित मिति : भदौ १२, २०७७, शुक्रवार ०७:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८