[ फाेटाे : Hospital staff carry the body of a person who died of COVID-19 to a morgue in Mumbai, India, Friday, May 29, 2020. Most of the over 150,000 cases are concentrated in five of India’s 28 states, though an increase in cases has also been reported in some eastern states as migrant workers have begun arriving home from big cities on special trains. (AP Photo/Rajanish Kakade) ]
भाद्र –१२ , २०७७
कोरोना भाइरस संक्रमणका कारण झापामा एक जनाकोे मृत्यु भएको छ । कमल गाउँपालिकाका–३ का ८३ वर्षीय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारको क्रममा शुक्रवार विहान ४ः३० वजे उनको मृत्यु भएको थियो ।
मृतकका परिवारका एक सदस्यमा पनि कोरोना भाईरस संक्रमण देखिएकाले उनको मेची अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
हिजो मात्रै देशभरमा ५ महिला र ३ पुरुषगरि ८ जनाको मृत्यु भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८