• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

चितवनमा ६ बर्षकि बालिका सहित १७ जना संक्रमित

  • चितवन

चितवनमा ६ बर्षकि बालिका सहित १७ जना संक्रमित

भाद्र–११ ,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ६ बर्षकि बालिका सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका ४,१० र १२ का २ पुरुष र १ महिला गरि ३ जना । खैरहनि ३,५,८,९ र १२ का ५ पुरुष र ७ महिला गरि १२ जना संक्रमित भएका हुन। यस्तै रत्ननगर ८ कि १ महिला र गैडाकोट ८ का १ पुरुष गरि जम्मा १७ जनामा कोरोना संक्रमण देखीएको प्रयोगशालाले जनाएको छ। संक्रमितहरु ६ देखि ७९ बर्ष सम्मका रहेका छन।

परिक्षण गरिएका नमुनाहरु नारायणी सामुदायिक अस्पताल ,भरतपुर अस्पताल , पुरानो मेडिकल कलेज र खैरहनीको क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

बिहिवार राती ९ वजे सम्म गरिएको ३ सय ३४ वटा नमूना मध्ये ३ सय १७ वटा नेगेटिभ आएको हो भने १७ वटा नमुना पोजेटिभ आएको हो । यस अघिनै बुधबार राती गरिएको परिक्षणमा ५ महिनाकि बालीका सहित २६ वटा नमुनाको रिपोर्ट पनि पोजेटिभ आएको थियो।

  • प्रकाशित मिति : भदौ ११, २०७७, बिहीवार १७:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८