एकैदिन थपिए १ हजार १११, संक्रमित संख्या ३५ हजार ५२९ पुग्यो

  • चितवन
  • भदौ ११, २०७७

भाद्र ११, २०७७

पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना संक्रमित थपिएसंगै देशभरमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । आज देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ३७७ जना संक्रमित थपिए । जसमध्ये काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् भने चितवन जिल्लामा मात्रै ४५ जना संक्रमित थपिएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

आज देशभरमा कोरोना जितेर ५६९ जना घर फर्केका छन् । यो सहित हालसम्म निको भई घर फर्कनेको संख्या २० हजार ७३ पुगेको छ । गत २४ घण्टामा ५ महिला र ३ पुरुष गरि कोरोनाबाट ८ जनाले ज्यान गुमाएका छन् । हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ८३ पुगेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८