चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा २६ संक्रमित थपिए

  • चितवन
  • भदौ ११, २०७७

भाद्र–११, २०७७

भरतपुरको चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २० सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये भरतपुर महानगरपालिका १ मा १ पुरुष, २ मा २ पुरुष, ३ मा २ महिला २ पुरुष, ८ मा १ महिला, ९ मा १ महिला, १० मा १ महिला २ पुरुष,११ मा २ महिला १ पुरुष,१४ मा १ महिला गरि १६ जना रहेका छन् ।

त्यस्तै रत्ननगरमा ४ जना थपिएका छन् । जसमध्ये रत्ननगर ६ मा १ महिला,१० मा २ पुरुष र १५ मा १ पुरुष रहेका छन् । नवलपुरमा ३, सर्लाहीमा २ र तनहुमा १ जना थपिएको सि एम सि कोभिड प्रयोगशालाले जनाएको छ । संक्रमितहरु १४ देखि ५३ वर्षसम्मका रहेका छन् । सि एम सि स्वाव संकलन केन्द्रमा संकलन गरिएको नमूनाको परीक्षण बुधवार गरि रिर्पोट आज विहिवार सार्वजनिक गरिएको हो ।

आजै चितवन स्थित भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा चितवनका २५ र तनहुका १ गरि २६ जना संक्रमित भएका थिए । यो सहित आजै मात्र चितवन जिल्लामा नया ५२ जना संक्रमित थपिएका हुन ।

  • चितवन
  • प्रकाशित मिति:भदौ ११, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८