• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

भरतपुरमा चितवनका ४० सहित ४४जना कोरोना संक्रमित थपिए

  • भाद्र–१०,२०७७

भरतपुरमा चितवनका ४० सहित ४४जना कोरोना संक्रमित थपिए

 

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० जना सहित ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका २,४,५,७,९,१०,११,१२,१४,१५ र १६ वडाका २० महिला र १६ पुरुष गरि ३६ जना रहेका छन् । रत्ननगर १,६ र १३ का २ महिला र १ पुरुष गरि ३ जना । खैरहनि – १ का १ पुरुष छन ।

यस्तै नवलपुर , र रुपन्देहीका १÷१ महिला छन् भने तहनहँका १ पुरुष रहेका छन । संक्रमितहरु ५ देखि ७१ बर्ष सम्मका रहेका छन।

परिक्षण गरिएका नमुनाहरु भरतपुर अस्पताल , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकलबाट संकलन गरिएको थियो।

मंगलबार राती १० वजेसम्म गरिएको २ सय १८ वटा नमूना मध्ये १ सय ७४ वटा नमूना नेगेटिभ आएको हो भने ४४ वटामा पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १०, २०७७, बुधवार ००:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८