चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार भएका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ः३० बजेको समयमा आईसोलेसन कक्षबाट फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सौचालय जाने बहानामा उनी फरार भएको बुझिएको छ । केहिदिन अघि चोरीको आरोपमा पक्राउ परेका उनीमा यहि भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चोरीको आरोप लागेका उनलाई चितवन प्रहरीले मुद्धाको अनुसन्धान प्रकृयापुरा गरि जिल्ला प्रशासन कार्यालयलाई बुझाईसकेको थियो ।
कोरोना पोजेटिभ भएपछि उनलाई अनुसन्धान जारी राख्र्दै परिवारको जिम्मा लगाएर उपचारका लागी अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी आईसोलेसनबाट फरार भएपछि भरतपुरमा संक्रमण सर्ने भय देखिएको छ । उनको खोजीका लागी प्रहरीले २०/२५ जनाको टोली परिचालन गरिसकेको जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ६८ संक्रमितको उपचार भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८