• असोज २६, २०८१, शनिवार Saturday, 12 October, 2024

विगत २४ घण्टामा ७ सय ४३ संक्रमित थपिए, ८ जनाले ज्यान गुमाए

  • खवर मुलुक-संबाददाता

विगत २४ घण्टामा ७ सय ४३ संक्रमित थपिए, ८ जनाले ज्यान गुमाए

चितवन । विगत २४ घण्टामा देशभर ७ सय ४३ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १० हजार २३४ स्वाबको परिक्षण गरिदा २ सय ४६ महिला र ४ सय ९७ पुरुष गरि ७ सय ४३ जना संक्रमितहरु थपिएका हुन ।

हालसम्म कुल संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको छन् । यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोना जितेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ । जसमध्ये विभिन्न अस्पतालहरुमा ९ हजार १५४ जना उपचाररथ छन् भने ४ हजार ५६१ संक्रमित घरमै रहेका छन् । आज काठमाण्डौ उपत्यकामा मात्रै २ सय २४ जना संक्रमितहरु थपिएका छन् । अहिले देशभरमा ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै विगत २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेहरुमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन् । यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ ८, २०७७, सोमवार ११:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८