भरतपुरको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १४ सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १३ जना भरतपुर महानगरपालिकाका रहेका छन् भने १ जना खैरहनीका हुन । त्यस्तै हेटौडा, कावासोती , कलैया, गोरखाका १÷१ जना र गैंडाकोटका २ जना गरि जम्मा २० जनाकोे रिर्पोट पोजेटिभ आएको हो ।
चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्र्रबाट १ सय २० वटा नमूना संकलन गरि परिक्षण गरिएकोमा १ सय जनाको रिर्पोट नेगेटिभ आएको हो । संक्रमितहरु २० देखि ७४ वर्षसम्मका रहेका छन् ।
आइतबार गरिएको प्रयोगशाला परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो । यसअघि आइतबार नै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २१ ज्ना कोरोना संक्रमण पुष्टि भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८