चितवनको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइदै आएका सबै सेवाहरू आजैबाट पुनः संचालनमा आउने भएका छन् । साउन अन्तिमबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालले आजबाट सेवा संचालन हुने सूचना प्रकाशित गरेको छ ।
स्वास्थ्यकर्मी र कर्मचारीको नमुना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरूबाट सेवा संचालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले बताए । क्यान्सर अस्पतालका १७ नर्स र ४ जना सहयोगीलाई कोरोना भाईरस देखिएको थियो । साउनबाट बन्द गरिएको अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ । अस्पतालका बहिरङ्ग सेवाहरू नियमित गरिएको छ । तरपनि अत्वस्यक परे मात्र अस्पताल आउन अनुरोध गरिएको छ । आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकहरूको नाम र टेलिफोन नम्बर समेत सार्वजनिक गरेको छ ।
तराईका जिल्लाबाट ठुलो संख्यामा विरामीहरु क्यान्सर अस्पताल आउने गरेका छन् । प्रदेश नं. २ का जिल्लाहरुमा अत्याधिक मात्रामा कोरोना भाईरसका जोखिम रहेकाले अस्पताल पनि कोरोनाबाट उच्च जोखिममा छ । अस्पतालले प्रयोगशालालाई व्यवस्थित गर्दै २÷३ दिन भित्रमा संचालनमा ल्याउने तयारीमा रहेको अस्पतालले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८