• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

म्युनिखको हातमा च्याम्पियन लिगको उपाधि – पिएसजी स्तब्ध


म्युनिखको हातमा च्याम्पियन लिगको उपाधि – पिएसजी स्तब्ध

चोटबाट निको भएर फर्किएपछिका खेलमा नेइमारले उत्कृष्ट प्रदर्शन गरेका थिए । गोलसँगै गोलका लागि गरेको सहयोगका कारण उनको चर्चा सकारात्मक रुपमा हुन थालेको थियो ।

विश्लेषकहरुले सामान्य भन्दा फरक र परिपक्क नेइमार मैदानमा देखिन थालेको बताइरहेका थिए । तर आइतबार रातिको महत्वपूर्ण खेलपछि नेइमारले आँसु थाम्न सकेनन् र फ्यानहरुले उनको खेल कौशलमाथि प्रश्न उठाउन थाले ।
च्याम्पियन्स लिग फुटबलको फाइनल आइतबार राति लिस्बोनमा भएको थियो । उपाधि जित्ने होडमा रहेको पिएसजीलाई जर्मन क्लब बार्यन म्युनिखले स्तब्ध बनायो । १–० को जितसहित बार्यनले उपाधि जित्यो, नेइमार तथा केलिएन एमबाप्पेसहितको पिएसजीमा निराशा छायो ।
नेइमार र एमाबप्पे गोलका लागि प्रयास नगरेका होइनन्, तर उनीहरुको प्रयासले गोलको रुप लिन सकेन । बार्यन गोलरक्षक म्यानुएल नुयर समक्ष उनीहरुको केही लागेन ।

विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका महंगा खेलाडी नेइमारले फ्रेन्च क्लबबाट उपाधि जित्न चाहेका थिए, बन्न चाहेका थिए युरोपियन च्याम्पियन र लिन चाहेका थिए त्यसको क्रेडिट । तर सोचे जस्तो र चाहे जस्तो भएन फाइनलको नतिजा ।
खेलपछि उत्साह र उत्वसमा थिए बार्यनका खेलाडीहरु । तर नेइमारले भक्कानिएको मन थाम्न सकेनन्, आँसु रोक्न सकेनन् । मैदानबाट बाहिरिने क्रममा नेइमारले रोकेको पीडाको बाँध फुट्यो, देखिने गरी रोए । सुनिने गरी रोए ।

नतिजाले टुटेका नेइमारलाई आँसु पुच्छन बार्यनका डिफेन्डर डेविड अल्बाले काँध दिए । बार्यनका प्रशिक्षक हान्सी फ्लिकले पनि नेइमारको पीडामा समभाव दर्शाए ।

खेलपछि अलिबेर नेइमारले दुःखसँग बिताए । स्टूलमा बसेर आँसु पुछे । बग्दै गरेको आँसुलाई लुकाउन प्रयास गरे पनि सकेनन्, मैदानको छेउमा बसेर रोए नेइमार ।

केही सम्हालिएका २७ वर्षका नेइमारले पछि ट्वीट गरेर जित जस्तै हार पनि खेलको एक हिस्सा भएको र आफूहरुले सक्दो प्रयास गरेको उल्लेख गरे । उनले भने, ‘हामी अन्तिमसँग लडिरह्यौँ । तपाईँहरु सबैलाई साथ र सहयोगका लागि धन्यबाद ।’(एजेन्सी)

  • प्रकाशित मिति : भदौ ८, २०७७, सोमवार ०१:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८