चितवन । आज नेपालमा ६३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा १, झापामा १७, भोजपुरमा ३, मोरङमा ५२, संखुवासभामा १, सुनसरीमा ३१, धनुषामा ३, पर्सामा ५९, बारामा १०, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १, सिराहामा ३५, काठमाडौँमा १६०, काभ्रेमा ३, चितवनमा २७, दोलखामा ४, धादिङमा २ र नुवाकोटमा २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ५०, मकवानपुरमा ३२, ललितपुरमा ६, सिन्धुलीमा १, कास्कीमा १६, तनहुँमा २, नवलपरासी पूर्वमा ३, बागलुङमा १, स्याङ्जामा १, कपिलवस्तुमा १५, नवलपरासी पश्चिममा ३, पाल्पामा २, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा २८, रुपन्देहीमा २३, रोल्पामा १, जुम्लामा २, सुर्खेतमा २, कैलालीमा १४, डडेल्धुरामा १ र डोटीमा १ जनामा गरि जम्मा संक्रमित संख्या ६ सय ३४ संक्रमित भएका छन् ।
विगत २४ घण्टामा १ सय ३६ जनाले कोरोना जितेका छन् । अहिले सम्म १८ हजार ३५० जनाले कोरोना जितेर घर फर्केका छन् । यो ५९ प्रतिशत हुन आउछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८