चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका २० सहित थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालाले हिजो मंगलवार राति सम्म गरेको ५ सय जनाको परीक्षण मध्ये चितवन भरतपुरका १२ जना,राप्तीका २ जना,खैरहनीका ५ जना र रत्ननगरका १ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका १÷१ जना गरि जम्मा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशाला जनाएको छ ।
चितवनको भरतपुर अस्पताल, मौलाकालिका अस्पताल, नारायणी सामुदायिक अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल,वागेश्वरी डाईग्नोष्टिक ल्यावबाट संक्रमितहरुको नमूना संकलन गरिएको थियो भने खैरहनीका ५ जना भने होम क्वारेन्टिनमा रहदै आएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८