मौसम पूर्वानुमानमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव पश्चिम नेपालमा धेरै नपर्ने बताइएको थियो । तर, त्यसविपरीत पश्चिम नेपालमा ‘अर्नब’को प्रभाव देखिएको छ ।
पश्चिम नेपालमा पानी परिरहेको छ । “पूर्वानुमान धेरै हदसम्म मिल्दै आए पनि अहिले भइरहेको वर्षाको स्थान भने अपेक्षाभन्दा फरक परेको छ,” मौसमविद् विनोद नेपाल भन्छन्, “पूर्वी नेपालमा बढी वर्षा हुने अनुमान थियो । तर, अहिले पश्चिम नेपालमा बढी वर्षा भइरहेको छ ।”
अझै केही ठाउँमा भारी वर्षा भइरहेको उनले बताएका छन् । आज बिहानसम्म पनि वर्षा जारी रहने उनको भनाइ छ ।
“व्यापक क्षति पुर्याउने खालको वर्षा हुने संकेत देखिँदैन,” मौसमविद् पोखरेल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “तर, केही ठाउँमा छोटो समयमै ठूलो पानी पर्ने सम्भावना नकार्न सकिँदैन ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८