• कात्तिक १२, २०८३, बिहीवार Thursday, 29 October, 2026

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

  • खबरदाता

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । यो खेल दिउँसो १२ : ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

पहिलो खेलमा पराजित भएको जनकपुर पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो । १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९ ओभर ३ बलमा ११३ रन बनाउँदा हल आउट भएको थियो ।

काठमाडौँ भने एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दै छ । काठमाडौँ पहिलो खेलमा जितको खोजीमा हुनेछ भने जनकपुर दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ ।

जनकपुर अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौँको कप्तानी करण केसीले गर्दैछन् ।

त्यसैगरी दोस्रो खेलमा बिहीबार साँझ विराटनगर किंग्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेल कीर्तिपुर मैदानमा ४स्३० बजे सुरु हुनेछ ।

कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको छ भने विराटनगर पोखरासँग आठ रनले पराजित भएको टिम हो ।

विराटगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन् भने कर्णालीका कप्तान सोमपाल कामी हुन् ।

  • प्रकाशित मिति : कात्तिक १२, २०८३, बिहीवार ०७:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८