• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

  • खबरदाता

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका सबै भूभाग तथा हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोसी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा हुस्सु लाग्ने सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ ।

  • प्रकाशित मिति : असोज २४, २०८३, शनिवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८