• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

आज दिउँसो कहाँ-कहाँ हुन सक्छ वर्षा ?

  • खबरदाता

आज दिउँसो कहाँ-कहाँ हुन सक्छ वर्षा ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

त्यस्तै, कोसी, मधेस, वाग्मती प्रदेशका सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

आइतबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

 

  • प्रकाशित मिति : असोज १८, २०८३, आइतवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८