• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

  • खबरदाता

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ ।

दसैँ, तिहारलगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौज्दात राखिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाले जानकारी दिए ।

डिपोमा एक हजार ८१७ क्विन्टल नुन मौज्दात थियो । चालु आवको असोज १४ गतेसम्म ७६८ क्विन्टल नुन बिक्री भएपछि अहिले एक हजार ४९ क्विन्टल मौज्दात रहेको प्रमुख बुढाले बताए ।

सिञ्जाको नराकोट डिपोबाट हिमाली र सिञ्जा गाउँपालिकाका साथै गुठीचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकासीलाई नुन वितरण हुँदै आएको छ । चालु आवका लागि जुम्ला सदरमुकामसहित तीनवटै डिपोका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालयले नुनको कोटा निर्धारण गरेको छैन ।

नराकोट र गुठीचौर डिपोलाई सदरमुकाम खलङ्गाको डिपोबाट आवश्यकताअनुसार नुन पठाउने गरिएको प्रमुख बुढाले बताए । जिल्लामा नुनको अभाव हुन नदिन नेपालगन्जबाट थप नुन माग गरिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय स्थानीय तहले समेत जुम्ला सदरमुकामको डिपोबाट नुन खरिद गरी वडाबाटै वितरण गर्दै आएका छन् ।

  • प्रकाशित मिति : असोज १६, २०८३, शुक्रवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८