ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।
पहिरोमा परी ढलेको घर मन्जु कुमारी राईको रहेको हाछेथुले जानकारी दिए । उनका अनुसार धापाखेलस्थित प्रगति टोलमा रहेको राईको साढे ३ तलाको घर पहिरोमा परेको हो ।
सोमबार बिहान ५स्३८ बजे पहिरोमा परी घर ढलेको उनले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८