पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा बाढीले २५ घर बगाएको छ ।
आइतबार (असोज ११ गते) बिहान ८ बजे कालीगण्डकी नदीको बहाब बढेर बस्तीमा पस्दा २५ घर बगेको नेपाल प्रहरीले जनाएको छ ।
“उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेका छन् । मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,” नेपाल प्रहरीले जनाएको छ ।
पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८