• असोज ६, २०८३, मंगलवार Tuesday, 22 September, 2026

आज यी चार प्रदेशमा हुन सक्छ भारी वर्षा

  • खबरदाता

आज यी चार प्रदेशमा हुन सक्छ भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम(उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल तथा तराई भू(भागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशका तराई भू(भागको थोरै स्थानमा, मधेस प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज ६, २०८३, मंगलवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८