काठमाडौँ – कांग्रेसको १५औँमहाधिवेशन अन्तरगत शनिबार सुरु भएको वडा अधिवेशन आज (आइतबार) पनि जारी छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बाँकी रहेका ३१ जिल्लामा आइतबार वडा अविधेशन भइरहेको छ।
केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार आइतबार रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक ३१ जिल्लाको वडा अधिवेशन चलिरहेको छ।
गत भदौ १० गते आएको बाढीका कारण तीन जिल्लाको अधिवेशन भने कांग्रेसले तत्कालका लागि स्थगित गरेको छ।
असोज १६ देखि १९ गतेसम्म हुने १५ औं केन्द्रीय महाधिवेशनका लागि वडा अधिवेशनमा उत्सावपूर्वक उपस्थिति रहेको निर्वाचन समितिले जनाएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षधरले बहिस्कार गरे पनि वडा अधिवेशनमा कांग्रेस एक ढिक्का देखिएको विभिन्न जिल्लाका नेताहरुले जनाएका छन्।
शनिबार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, कास्की, मनाङ्ग, पर्वत, स्याङ्जा, वागलुङमा वडा अधिवेशन सम्पन्न भएको छ।
त्यस्तै नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी ४३ जिल्लाका तीन हजार ३ तीन सय ९६ वडामा अधिवेशन सकिएको छ।
वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८