• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026

चिलिमेको सुरुङमा तीनजनाको शव भेटियो

  • खबरदाता

चिलिमेको सुरुङमा तीनजनाको शव भेटियो

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ ।

बुधबार दिउँसो खोज तथा उद्धार टोलीले शव भेटाएको हो । फेला परेका शवको पहिचान हुन बाँकी रहेको स्रोतले जानकारी दियो ।

भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् ।

सुरुङभित्र रहेको आशंकामा नेपाली सेनासहितको टोलीले खोजी गरिरहेको थियो ।

  • प्रकाशित मिति : भदौ ३१, २०८३, बुधवार १५:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८