• भदौ १८, २०८३, बिहीवार Thursday, 03 September, 2026

लाङटाङको सुरुङभित्र दुई कर्मचारीको शव फेला

  • खबरदाता

लाङटाङको सुरुङभित्र दुई कर्मचारीको शव फेला

लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र फसेका दुई जना कर्मचारीको शव भेटिएको छ।

रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि हराइरहेका दुई जनाको शव भेटिएको हो।

आयोजना निर्माण गरेको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यले भर्खरै दुई जना कर्मचारीको शव फेला परेको जानकारी प्राप्त भएको बताए।

‘दुई जनाको शव भेटियो भन्ने खबर आएको छ भर्खरै। हाम्रै कर्मचारीहरू हुनुहुन्छ। हामीले बनाएको आयोजनामा सुरुङभित्र धेरै छिर्ने प्रकारको होइन। क्लोज भइसकेको टनेल हो। टनेल भित्र मान्छे छैनन्,’ आचार्यले नेपालखबरसँग भने, ‘टनेल र पावरहाउस बीचमा रहने पेनस्टक पाइपमा काम भइरहेको थियो।’

शवको सनाखतलगायतका काम गर्न भने बाँकी छ। लाङटाङमा अझै ३९ जना सम्पर्कविहीन छन् भने १९ जनाको उद्धार भएको थियो।

 

  • प्रकाशित मिति : भदौ १८, २०८३, बिहीवार १२:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८