भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढी जानकारी दिँदै उनले सुरुङ उद्धार जारी रहेको बताएका छन्। ‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ,’ प्रधानमन्त्री शाहले भने।
भोटेकोसी बाढीले ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। केही जलविद्युत् आयोजना सञ्चालन गर्न ठूलो खर्च लाग्ने देखिएको उनले बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८