• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मै उच्च सतर्कता अपनाउन आग्रह

  • खबरदाता

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मै उच्च सतर्कता अपनाउन आग्रह

रसुवाको भोटेकोसी नदीमा शुक्रबार राति फेरि बाढी बढेको छ । बाढी बढेकोबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म)मा अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

‘भदौ १२, राति ८:५४ बजे । जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोसीमा पुनस् बाढी बढेकोले त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ, महाशाखाले भनेको छ ।

 

  • प्रकाशित मिति : भदौ १२, २०८३, शुक्रवार २१:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८