बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको जनाएको छ।
बाढीको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म पर्न सक्ने भन्दै महाशाखाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली तथा भोटेकोशी नदीको तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८