नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मात्रामा भौतिक संरचनाहरू ध्वस्त भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक सहयोग पठाउने घोषणा गरेका छन्।
विपद्का बेला त्यस क्षेत्रमा रहेका आफ्ना दर्जनौँ नागरिकको सुरक्षा अवस्था पत्ता लगाउन तथा पुष्टि गर्न अमेरिकी अधिकारीहरू हाल सक्रिय रूपमा लागिपरेका फक्स न्यूजले उल्लेख गरेको छ।
यसैबीच, राष्ट्रपति ट्रम्पले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्।
उनले भनेका छन्, “हामीले नेपालमा सम्पर्क गरेर उनीहरूलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ‘ हाम्रा निकै बलिया, मजबुत र राम्रा बनावट भएका भवनहरू समेत टुथपिक ९सिन्का० झैँ बगाइएका छन्। यो निकै भयानक र दुखद कुरा हो।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८