सुर्खेत । १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार जिल्लाको दार्मा गाउँपालिका–४ निवासी ५५ वर्षीय रुद्रबहादुर चन्दलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
सूचना अधिकारी रोकयका अनुसार उक्त घटना २०८२ चैत १६ गते दार्मा गाउँपालिकास्थित एक खोल्सामा भएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
आरोपित चन्दलाई सोमबार पक्राउ गरी सल्यान जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८