• साउन १५, २०८३, शुक्रवार Friday, 31 July, 2026

प्रहरीका उच्च अधिकृतहरु तराईका जिल्लामा

  • खबरदाता

प्रहरीका उच्च अधिकृतहरु तराईका जिल्लामा

नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई तराई पठाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले सिनियर अफिसरहरुलाई तराईका जिल्लाहरुमा पठाइएको बताए । उनका अनुसार तराई मधेशका कर्फ्यु लागेको र आसपासका जिल्लाहरुमा उच्च अधिकृतहरुलाई खटाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले पनि उच्च अधिकृतहरुलाई तराई पठाएको छ । उच्च अधिकृतका साथै थप मदतका लागि तराईका छिमेकी जिल्लाहरुका सुरक्षाकर्मीलाई तराई झारिएको छ ।

  • प्रकाशित मिति : साउन १५, २०८३, शुक्रवार १२:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८