सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो भिडियो भाइरल भएपछि बाब्लु गुप्ताले आफूबाट भएको गल्तीप्रति क्षमा मागेका छन्।
साथै गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।
गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा बाल्यकालमा खेलिने खेल तथा पुराना सम्झनाहरू समेटिएको एउटा भिडियोका क्रममा आफूले मोटरसाइकलको प्रयोग गरेको बताएका छन्। उक्त भिडियोमा मोटरसाइकल चलाउने क्रममा आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको महसुस भएको बताए।
उनले लेखेका छन्, ‘मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउनु मेरो तर्फबाट भएको ट्राफिक नियम उल्लङ्घन हो भन्ने कुरा मैले महसुस गरेको छु।’
गुप्ताले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै देश र जनताको हितमा जिम्मेवार भएर अघि बढ्ने बताएका छन्। साथै, आफूबाट जानी(नजानी भएको गल्तीप्रति क्षमायाचना समेत गरेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८