काठमाडौं । प्रहरीले बाढी र पहिरोका कारण मुलुकका विभिन्न सडकहरू अवरुद्ध भएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान अन्दाजी ४:३० बजे काभ्रेको रोशी गाउँपालिका(७ घुमाउने, रोशी-८ गिम्दी र रोशी-९ बिरुवा डाँडा र पिनथलीमा सडक माथिबाट पहिरो आई बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
त्यस्तै, कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान अन्दाजी ४:३० बजे वाग्मती गाउँपालिका(३ पाङदुरस्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो गई पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रहरीले बीपी राजमार्गमा यसअघि देखि नै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।
त्यस्तै कान्ति लोकपथमा पनि असार १८ देखि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको छ ।
त्यस्ते प्रहरीले असार २३ देखि मेची राजमार्गको इलाम-९ राजदुवालीमा हिलोका कारण सवारीसाधन आवतजावतमा रोक लगाएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्घाखाँची सालझन्डी ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । असार २८ गते अन्दाजी ७:०० बजे पाणिनी गाउँपालिका-२, ढुङ्ग्रेखोलामा माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
त्यस्तै सिन्धुपाल्चोकमा अरनिको रजमार्ग, बाग्लुङमा कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८