• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • खबरदाता

आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्‍मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दैछन्।

छलफल बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।

अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री बालेनले हरेक प्रदेशका सांसदसँग छलफल गरिसकेका छन्।

  • प्रकाशित मिति : वैशाख २, २०८३, बुधवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८