• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026

प्रहरी परिसरमा लेखकको बयान सुरू

  • खबरदाता

प्रहरी परिसरमा लेखकको बयान सुरू

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं लगिएको छ ।

महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट लेखकलाई बयानका लागि परिसर लगिएको हो । पक्राउ परेका पूर्वगृहमन्त्री लेखकको परिसरमा बयान सुरु भएको सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।

भदौ २३ र २४ गतेको घटनामा दमन गरेको आरोपमा जाँचबुझ आयोगको प्रतिवेदनमा सिफारिस भएअनुसार प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो ।

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै लेखक पनि पक्राउ परेका थिए । दुबैलाई अदालतबाट पाँच दिनको थुना म्याद लिएर अनुसन्धान प्रक्रिया चलिरहेको छ ।

  • प्रकाशित मिति : चैत १८, २०८२, बुधवार १५:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८