नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, मंगलबार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीरअसिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राति, कोशी प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसीलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८