राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले चैत १९ दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वानको व्यवस्था छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ,नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल चैत १९ बिहीबारका दिन २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै अधिवेशन आह्वान गर्नुभएको छ ।
फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८