• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

वाग्मतीसहित यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • खबरदाता

वाग्मतीसहित यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, बिहीबार (चैत १२) देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

  • प्रकाशित मिति : चैत १२, २०८२, बिहीवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८