• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

कांग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा हुने

  • खबरदाता

कांग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोजमा हुने भएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति समिति बैठकले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

बाह्रखरीसित उनले भने, “भदौमा रोपाईँलगायत काम हुने भएकाले हामीले महाधिवेशनको समयतालिका संशोधन गरेका हौं ।”

वडा अधिवेशन भदौ २, गाउँ र नगर अधिवेशन ७ गते, प्रदेश क्षेत्रीय अधिवेशन १७ गते, क्षेत्रीय अधिवेशन २४ गते गर्ने भएको बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

जिल्ला अधिवेशन असोज २ र ३ र प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने उनले बताए ।

  • प्रकाशित मिति : चैत ११, २०८२, बुधवार १९:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८