• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026

कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

  • खबरदाता

कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, मंगलबार (चैत १०) दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । ‘कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै कोसी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ, विभागले भनेको छ ।

राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

  • प्रकाशित मिति : चैत १०, २०८२, मंगलवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८