• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026

नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

  • खबरदाता

नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार (फागुन ५) बास्तोलालाई पक्राउ गरेको हो ।

उनलाई सुन्धारा आसपास क्षेत्रमा बैठक गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित गतिविधि सञ्चालन गर्दै आएको छ ।

निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको जनाइएको छ । प्रहरीले नेकपा बहुमतसहित बहिष्कारवादी दललाई निगरानीमा राखेको छ । निर्वाचनविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले सोमबार (फागुन ४) मा दुर्गा प्रसाईंलाई पक्राउ गरी हिरासतमा लिएको थियो ।

  • प्रकाशित मिति : फागुन ५, २०८२, मंगलवार २०:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८