• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

६० लाख ठगी आरोपमा प्रहरी हवल्दारसहित चारजना पक्राउ

  • खबरदाता

६० लाख ठगी आरोपमा प्रहरी हवल्दारसहित चारजना पक्राउ

काठमाडौं । ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी हवल्दारसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार कर्णबहादुर सुनारलगायत व्यक्ति छन् ।

सस्तोमा सुन मिलाइने भन्दै ठगी गरेको आरोपमा सुनारलाई प्रहरीले पक्राउ गरेका हो ।

सुनार सहितको टोलीले केही दिनअघि सस्तोमा सुन मिलाइदिने भने ६० लाख ठगी गरेको उजुरी परेको थियो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २७, २०८२, मंगलवार १४:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८